जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

बुधबार, वैशाख २७, २०८०

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालयमा अहिले केहीबेरमा बस्ने तयारी भएको सो पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।

उनका अनुसार आजको बैठकमा पार्टीको विधान अधिवेशन, सरकारमा सहभागितालगायतका समसामयिक विषयमा छलफल हुनेछ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  ११:५१
प्रतिक्रिया दिनुहोस्