पूर्वगृहन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ

बुधबार, वैशाख २७, २०८०

काठमाडौं–पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगि गरेको आरोपमा केसीलाई पक्राउ गरिएको हो ।

प्रहरीले उनलाई बुधवार बिहान जडिबुटीबाट पक्राउ गरेको हो । त्यस अघि प्रहरीले पूर्वगृहमन्त्री खाँणलाई चुच्चेपाटीस्थित निवासबाट पक्राउ गरेको हो । 

उनीहरूलाई अपराध महाशाखा बानेश्वर लगिँदै छ । त्यसपछि काठमाडौं प्रहरी परिसर ल्याइने छ । 

यसअघि यस प्रकरण १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग जोडिएको भन्दै उनीहरूलाई अनुसन्धानका लागि समातिएको हो । गिरोहले खाँणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अडियो सार्वजनिक भएको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १०:४६
प्रतिक्रिया दिनुहोस्