आईसीसी विश्वकप क्वालिफायर खेल्ने टिम टुंगियो [नामसहित]

बुधबार, वैशाख २७, २०८०

काठमाडौं– आयरल्यान्ड र बंगलादेशबीचको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल वर्षाका कारण नतिजाविहीन बनेपछि आईसीसी विश्वकप खेल्ने टिमको टुंगो लागेको छ । अब आयरल्यान्डको सिधै विश्वकप खेल्ने सपना समाप्त भएको छ । 

आयरल्यान्ड सिधै विश्वकप खेल्ने होडबाट बाहिरिएसँगै दक्षिण अफ्रिकाले भारतमा हुने आईसीसी विश्वकप २०२३ मा स्थान पक्का गरेको छ । दक्षिण अफ्रिकासँगै आयोजक भारत, न्युजिल्यान्ड, इङ्ल्यान्ड, अष्ट्रेलिया, बंगलादेश, पाकिस्तान र अफगानिस्तानले विश्वकपमा स्थान पक्का गरेका छन् । 

आयरल्यान्डले अब विश्वकप क्वालिफायर खेल्नुपर्ने भएको छ । यससँगै क्वालिफायर खेल्ने टिमहरूको पनि टुंगो लागेको छ । आयरल्यान्ड, वेष्ट इन्डिज, यूएई, अमेरिका, श्रीलंका, नेपाल, ओमान, स्कटल्यान्ड, नेदरल्यान्ड्स र जिम्बाब्वेले क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता जिम्बाब्वेमा आगामी जुनमा हुनेछ ।

icc1683694302.png

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १०:३४
प्रतिक्रिया दिनुहोस्