पूर्वगृहमन्त्री खाँण पक्राउ

बुधबार, वैशाख २७, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । 

उनलाई आज बिहान नेपाल प्रहरीको एक टोलीले उनकै निवासबाट पक्राउ गरेको हो ।

खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका छन् । बिचौलिया सानु भण्डारीले बयानका क्रममा उनको नाम लिएपछि पक्राउ गरिएको हो । 

खाँण मैजुबहालबाट पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १०:०८
प्रतिक्रिया दिनुहोस्