आइपिएल :

बेंगलोरमाथि सानदार जित निकाल्दै मुम्बई तेस्रो स्थानमा उक्लियो

बुधबार, वैशाख २७, २०८०

काठमाडौँ– रोयल च्यालेन्जर्स बेंगलोरमाथि सानदार जित निकाल्दै मुम्बई इन्डियन्स भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको तेस्रो स्थानमा उक्लिएको छ । 

सर्वाधिक ५ पटकको विजेता मुम्बईले बेंगलोरमाथि ६ विकेटको सानदार जित निकालेको हो ।

सूर्यकुमार यादव र नेहाल वादेराको सानदार साझेदारीमा घरेलु टोली मुम्बईको जित सम्भव भयो । 

बेंगलोरले दिएको २०० रनको लक्ष्य मुम्बईले १६ दशमलब ३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । 

मुम्बईको जितमा सूर्यकमार तथा निहालले अर्धशतकीय पारी खेले । सूर्यले ८३ रन बनाए ।

नेहालले अविजित ५२ रन बनाए । तेस्रो विकेटका लागि सूर्यले निहालसँग मिलेर ६४ बलमा १४० रनको सानदार साझेदारी गरेका थिए । यही विष्फोटक साझेदारीले नै जितको आधार तय भएको हो ।

बेंगलोरका लागि विजयकुमार वैशाख र वानिंदू हसरंगाले समान २÷२ विकेट लिए पनि त्यो टोलीको जितका लागि पर्याप्त भएन ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९९ रन जोडेको थियो ।

कप्तान फाफ डू प्लेसिस र अलराउन्डर ग्लेन म्याक्सवेलले शतकीय साझेदारी गरेका थिए । दुवैले अर्धशतक पनि बनाए ।

कप्तान डू प्लेसिसले ६५ तथा म्याक्सवेलले ६८ रन जोडे ।

मुम्बईका लागि जेसन बेह्रेनडर्फले ३ तथा कुमार कार्तिक, क्रिस जोर्डन र क्यामरुन ग्रिनले समान १÷१ विकेट लिए । 

यस जितसँगै ११ खेलमा ६ जित र ५ हारसँगै १० टोली सहभागी लिगमा मुम्बई १२ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । 

पराजित बेंगलोर भने ११ खेलमा ५ जित र ६ हारका साथ अंक तालिकाको सातौं स्थानमा झरेको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  ०८:५७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार