अर्थतन्त्रलाई चलायमान बनाउन सरकार केन्द्रित रहन्छ : अर्थमनत्री महत

मंगलबार, वैशाख २६, २०८०

काठमाडौं–अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको ध्यान केन्द्रित हुने बताएका छन् ।

मंगलबार राष्ट्रियसभा बैठकमा आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफलमा उठेका प्रश्नको जवाफ दिदै अर्थमन्त्री महतले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि समयमा नै पूँजीगत खर्च र मौद्रीक नीति खुकुलो पार्दै अघि नीति अवलम्वन गरिने बताए ।

समयमा नै पूँजीगत खर्च र मौद्रिक नीति खुकुलो पार्दै अघि बढेपछि राजस्वको दायरा बढ्ने उनको भनाइ छ ।

अन्तिम समयमा मात्रै खर्च गर्ने प्रवृतिलाई अन्त्य गर्नका लागि पहिलो दिन देखि महिना महिनामा अनुगमन गर्ने उनले बताए ।

मन्त्री महतले राजस्व चुहावट नियन्त्रणका लागि सरकार कठोर  र गम्भीर भएर लाग्ने पनि जिकिर गरे ।

यो आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धि नहुने भन्दै आगामी वर्ष समावेशी र फराकिलो आर्थिक वृद्धिको लक्ष्यका साथ सरकार अघि बढेको उनले बताए ।

मन्त्री महतले करमा केही घरनालाई पोस्ने काम अहिलेको सरकारबाट नहुने भन्दै समग्र जनता र देशलाई केन्द्रविन्दुमा राखेर काम गर्ने प्रतिवद्धता जनाए ।

अर्थतन्त्रमा कसरी समृद्धि सिर्जना गर्ने भन्ने बोरमा केन्द्रित हुनुपर्ने भन्दै उनले बिलासिताको वस्तुको आयात रोक्ने विषय मुख्य नभएको उल्लेख गरे ।

अर्थमन्त्री महतले देशको अर्थतन्त्रको वर्तमान स्थीतिलाई मध्यनगर राखेर नै बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेको बताए ।

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १३:५५
प्रतिक्रिया दिनुहोस्