Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतमा पुलबाट बस खस्दा १५ जनाको मृत्यु

मंगलबार, वैशाख २६, २०८०

काठमाडौं–मध्य प्रदेशको खरगोन जिल्लामा मङ्गलबार एक निजी यात्रुवाहक बस पुलबाट खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

घटना मङ्गलबार जिल्लाको ओन प्रहरी चौकी अन्तर्गत दसङ्गा क्षेत्र नजिकै डोङ्गरगाउँ पुलमा भएको हो । घटनाको जानकारी पाएलगत्तै प्रहरी प्रशासन र एम्बुलेन्स घटनास्थलमा पुगेर उद्धार कार्य शुरु गरेको थियो ।

प्रदेश सरकारले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई रु चार लाख, गम्भीर घाइतेलाई रु ५० हजार र सामान्य घाइतेलाई रु २५ हजार तत्काल उपलब्ध गराउने घोषणा गरेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १२:५६
प्रतिक्रिया दिनुहोस्