Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतीय एक विमान घरको छतमा खस्यो, २ जनाको मृत्यु

मंगलबार, वैशाख २६, २०८०

नयाँ दिल्ली– भारतको पश्चिमी राज्य राजस्थानमा विमान दुर्घटना भई यहाँस्थित एउटा घरमा  खस्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

samridhi jewllers

प्रहरीका अनुसार सोमबार मिग–२१ सैन्य विमान दुर्घटना भएको हो ।  

‘पाइलटलाई सकुशल उद्धार गरिएको छ। मिग एउटा घरमा खस्यो। दुई जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्,’ प्रहरी अधिकारी सुधीर चौधरीले पश्चिमी राज्य राजस्थानमा दुर्घटनापछि एएफपीलाई बताएका छन् ।  

घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  ०६:२४
प्रतिक्रिया दिनुहोस्