संवैधानिक परिषदको बैठक

सिंहदरबारमा संवैधानिक परिषद्को बैठक

सोमबार, वैशाख २५, २०८०

काठमाडौँ– सिंहदरबारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज प्रधानन्यायाधीश नियुक्तिलगायतको बिषयमा छलफल गर्नका लागि संवैधानिक परिषद्को बैठक बसेको हो ।

प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको बैठकमा प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ सहभागी छन् ।

उपसभामुख इन्दिरा राना मगरका अनुसार गत बैठकको निरन्तरताको स्वरुप आजका लागि बैठक बोलाईएको हो । उनका अनुसार नयाँ थप कार्यसुची उल्लेख छैन ।

बैठकमा प्रधानन्यायाधीश नियुक्तिलगायतको बिषयमा छलफल हुने बताइएको छ ।

प्रतिनिधिसभाको पहिलो अधिवेसनका संवैधानिक परिषद सबन्धी (संसोधन) विधेयक पेश गर्ने सहमति भए पनि अन्तिम समयमा आएर रोकिन पुगेको थियो ।

परिषदका अध्यक्ष प्रधानमन्त्रीलाई बिशेषाधिकारसहित बुदाँ थप गरेर विधेयक ल्याइएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाउँदै आएको छ । एमालेले संसदीय सुनवाईको पुर्णतापछि मात्रै सो विधेयक अघि बढाउनु पर्ने सर्त राख्दै आएको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १८:३८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार