काठमाडौं महानगरले थाल्यो अव्यवस्थित तार व्यवस्थापन [तस्बिर कथा]

सोमबार, वैशाख २५, २०८०

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले आजदेखि अव्यवस्थित तार व्यवस्थापन गर्न सुरु गरेको छ । 

सोमबार बिहान माइतीघर मण्डला र न्युरोड गेटबाट तार व्यवस्थापनको काम थालिएको महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले बताए । 

पाण्डेको कार्यकक्षमा आइतबार साझेदारबीच भएको बैठकले गरेको निर्णयअनुसार आजदेखि अव्यवस्थित तार व्यवस्थापनको काम सुरु गरेको हो ।

महानगर बलका प्रहरी उपरीक्षक मनोज लामिछानेका अनुसार आज बिहान ८ बजेदेखि माइतीघर मण्डला र न्यूरोड क्षेत्रमा रहेका अव्यवस्थित तार हटाउन सुरु गरिएको छ । महानगरपालिकाले प्राधिकरण तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई यही वैशाख २७ गतेभित्र अव्यवस्थित तार हटाउन आग्रह गरेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले काठमाडौँ महानगरसहित देशभरिका स्थानीय तहलाई सेवा अवरुद्ध हुनेगरी तार नहटाउन परिपत्र गरेको थियो । 

्त्यसलगत्तै महानगरपालिकाले सम्बन्धित पक्षलाई बोलाएर तार हटाउने विषयमा छलफल गरेको हो । वैशाख २७ गतेसम्म सरोकारवाला निकायले तार नहटाए महानगरपालिका आफैंले तार हटाउने तयारी गरिरहेको महानगर बलका प्रहरी उपरीक्षक लामिछानेले बताए ।

उनले भने, ‘हिजोको छलफलमा आजदेखी नै तार हटाउने विषयमा सहमति भएको छ, आजबाट नै तार हटाउने कार्यक्रम सुरु हुन्छ ।’

आइतबार भएको बैठकले राजधानीका विभिन्न क्षेत्रमा चरणबद्ध रुपमा तार व्यवस्थापन गर्ने निर्णय गरेको इन्टरनेट सेवाप्रदायक सङ्घ (आइस्पान)ले जनाएको छ । सहमतिअनुसार झुन्डिएका तार काट्ने र प्रयोग नभएका ५० प्रतिशत तार हटाइने भएको छ ।
 

माइतीघर क्षेत्रका तार व्यवस्थापन हेरौँ तस्बिरहरूमा :

tar (11)1683517303.jpg

tar (12)1683517303.jpg

tar (7)1683517302.jpg

tar (8)1683517302.jpg

tar (9)1683517302.jpg

tar (10)1683517302.jpg

tar (3)1683517301.jpg

tar (4)1683517301.jpg

tar (5)1683517301.jpg

tar (6)1683517301.jpg

tar (14)1683517300.jpg

 


 

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  ०९:२८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार