राजस्थानमाथि हैदराबादको रोमाञ्चक जित

सोमबार, वैशाख २५, २०८०

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्समाथि सनराइजर्स हैदराबादले चार विकेटको रोमाञ्चक जित हात पारेको छ ।

अब्दुल समदले अन्तिम बलमा छक्का प्रहार गरेपछि हैदराबादले रोमाञ्चक जित हात हारेको हो ।

यसक्रममा हैदराबादले २१५ रनको विशाल लक्ष्य भेट्टाएको छ ।

हैदारबादले ६ विकेटमा २१७ रन बनायो । त्यसअघि राजस्थानले दुई विकेटको क्षतिमा २१४ रन बनाएको थियो ।

जितसँगै ए कपटकको विजेता हैदराबाद १० खेलमा ४ मा जित र ६ मा हारका साथ नवौं स्थाानमा छ । 

एक पटककै विजेता राजस्थान ११ खेलमा ५ मा जित र ६ मा हारका साथ १० अंकका साथ चौथो स्थानमा छ ।

गुजरात टाइटन्स ११ खेलमा ८ मा जित र ३ मा हारका साथ १६ अंक जोड्दै शीर्ष स्थानमा कायम छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  ०८:४१
प्रतिक्रिया दिनुहोस्