पुनर्बहाली माग गर्दै ढाकाकुमार श्रेष्ठले दिए सर्वोच्चमा रिट

आइतबार, वैशाख २४, २०८०

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निलम्बनमा परेका ढाकाकुमार श्रेष्ठले सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । 

आइतबार दायर गरिएको रिटको प्रारम्भिक सुनुवाइ सोमबार हुनेछ । मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग घुस लेनदेनको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई रास्वपाले कारबाही गरेको थियो । कारबाहीका आधारमा सभामुख देवराज घिमिरेले उनको सांसद पद खारेज गरेका थिए ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १६:४९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार