Nic Ad Nic Ad
Nic Ad Nic Ad

युएईबाट फर्केर भैंसी पालन, मासिक डेढलाख कमाई

शनिबार, वैशाख २३, २०८०

गलेश्वर– आफ्नै गाउँ ठाउँमा कमाइ गर्न सकिएन भन्दै विदेश जान मरिहत्ते गर्ने युवाहरुको भीडमा दरवाङका एक युवाले भने गर्न सक्ने हो भने गाउँमा नै विदेशमा भन्दा बढी कमाउन सकिन्छ भन्ने कुरा प्रमाणित गरेका छन् ।

samridhi jewllers

पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं ६ उपल्लो वजारका २८ वर्षिय युवा सुजन पौडेल चार वर्ष युएईमा काम गरेर फर्के पछि पुनः विदेश नजाने प्रण गर्दै गाउँमै गरेको भैंसी पालनबाट मनग्गे आम्दानी गर्न सफल भएका हुन् ।

उपल्लो दरवाङको केवि एकेडेमी नजिकै २०७७ सालदेखि भैंसी पालन  गरेका पौडेलले ६ वटा भैंसीबाट दैनिक ४० लिटर दुध दरवाङ बजारमा विक्रि गर्दै आएका छन् ।

प्रतिलिटर एक सय २० रुपैयाँका दरले दुध विक्रि गर्दा पौडेलले दैनिक चार हजार आठ सय रुपैयाँ कमाइ गर्छन् । दुध विक्रिबाट मासिक एक लाख ४४ हजार कमाइ गर्ने पौडेलले सवै खर्च कटाएर मासिक ८० हजार रुपैैयाँ भन्दा बढि वचत गर्ने गरेका छन् ।

२०७७ सालमा १२ लाख रुपैयाँको लगानीबाट भैंसी पालन सुरु गरेका पौडेलले अहिले लगानी बढाएर २० लाख रुपैयाँ जति खर्च भएको बताए । भैंसीपालनसँगै बाख्रा पालन र तरकारी खेती समेत गरेका पौडेलको सवै तिरबाटको आम्दानी जोड्दा मासिक एक लाख रुपैयाँ भन्दा बढि हुन आउँछ ।

पौडेलले क्रस जातका बाख्रा पालन पनि गरेका छन् । पाङ्गारिक मलबाट तरकारी खेती समेत गरेका पौडेल आफ्नो काम र कमाइ दुवैबाट सन्तुष्ट छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १८:१८
प्रतिक्रिया दिनुहोस्