आइपिएल :

राजस्थानलाई हराउँदै साविक विजेता गुजरात प्ले अफनजिक

शनिबार, वैशाख २३, २०८०

काठमाडौँ- साविक विजेता गुजरात टाइटन्स भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)को प्ले अफनजिक पुगेको छ ।

गएराति राजस्थान रोयल्समाथि ९ विकेटको सहज जित निकाल्दै गुजरात लिग चरणका ८ खेल खेल्न बाँकी छँदै प्ले अफनजिक पुगेको हो ।

यो जितपछि गुजरातले शीर्ष स्थानमा आफ्नो अग्रतालाई ३ अंक पुर्याएको छ ।

१० खेलमा ७ जित र ३ हार ब्यहोरेको उसको १० खेलबाट १४ अंक भएको छ । पछिल्ला ५ खेलमध्ये ४ मा पराजित राजस्थान भने १० अंकमा चौथो स्थानमा छ । अन्य ३ टोलीको पनि समान १० अंक भए पनि रनरेटमा १ पटकको विजेता राजस्थान अघि छ । 

गएराति राजस्थानले पहिले ब्याटिङ गर्दै १७.५ ओभरमा सबै विकेट गुमाएर ११८ रन मात्र बनाएको थियो ।

‘प्लेयर अफ द म्याच’ बनेका रसिद खानले १४ रन खर्चेर ३ विकेट लिए । जवाफमा गुजरातले १३.५ ओभरमा १ विकेट गुमाएर ११९ रन बनायो । ओपनर रिद्धिमान शाह ४१ रन बनाएर नटआउट रहे ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  ०८:४४
प्रतिक्रिया दिनुहोस्