टोपबहादुर रायमाझी उम्किन पाउँदैनन् : कांग्रेस

शुक्रबार, वैशाख २२, २०८०

काठमाडौं –नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्किन नपाउने बताएको छ । कांग्रेसले नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा संलग्न रहेकाहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएको छ ।

पार्टीको पदाधिकारी बैठकपछि सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता एवं अर्थमन्त्री प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरण जघन्य अपराधको विषयमा भएको बताए । ‘यो जघन्य अपराधनको विषय हो । दोषी कोही पनि उम्किन पाउँदैन,’ उनले भने । 

उनले उक्त प्रकरणमा दोषी देखिए नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पनि उम्किन नपाउने स्पष्ट पारे । 

‘यस्तो जघन्य अपराध भयो भन्ने खबर आइरहेको छ । यो अमानवीय र आपराधिक काम हो । को–को संलग्न छन्, कसरी संलग्न भएका छन् त्यो त अनुसन्धानबाट बाहिर आउला,’ उनले भने, ‘तर हामी चाहन्छौं कि, जो–जो आपराधिक क्रियाकलापमा संलग्न छन्, उनीहरू सजायको दायरामा आउनुपर्छ र आउँछन् ।’

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  २०:४०
प्रतिक्रिया दिनुहोस्