कांग्रेसले भ्रातृ संगठनलाई पूर्णता दिने

शुक्रबार, वैशाख २२, २०८०

काठमाडौं–नेपाली कांग्रेसले भ्रातृ संगठन र पार्टीका विभागहरुलाई केन्द्रीय कार्य समिति बैठकमार्फत पूर्णता दिने भएको छ ।

पार्टी सभापति शेर बहादुर देउवा निवास महाराजगंजमा शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकले भ्रातृ संगठन र पार्टीका विभागलाई पूर्णता दिनका लागि आन्तरिक गृहकार्य गर्ने र बैंशाख २८–२९ गते बस्ने केन्द्रीय कार्य समिति बैठकबाट पूर्णता दिने निर्णय गरेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । 

भ्रातृ संगठन र पार्टीका विभागहरुलाई पूर्णता दिनका लागि सूची तयार भइरहेको र आवश्यक सुझाव लिइने बताए । महतले भातृसंगठनहरुको आकार केहि बढ्न सक्ने उल्लेख गरे । उहाले नक्कली शरणार्थी प्रकरणमा गम्भीर भएको भन्दै संलग्नलाई आवश्यक कारवाही गर्नका लागि कांग्रेसले सघाउने बताए ।

अर्थमन्त्री समेत रहेका महतले अपराधिक क्रियाकलापका सहभागीलाई छिटो भन्दा छिटो कानूनी दायरामा ल्याउनुपर्ने भन्दै गैर कानूनी क्रियाकलाप गर्नेलाई राज्यले संरक्षण गर्न नसक्ने स्पष्ट पारे ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १९:४२
प्रतिक्रिया दिनुहोस्