उभौलीमा कोसी प्रदेश खारेजीको माग [तस्बिरकथा]

शुक्रबार, वैशाख २२, २०८०

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उभौली पर्व शुक्रबार देशभर मनाइएका् छ । किरात राईहरूले नयाँ बानेश्वरमा कोशी प्रदेश खारेजीको मागसहित यो पर्व मनाएका हुन् ।

उनीहरूले कोशी प्रदेशको नाम खारेजीको मागसहित विभिन्न ब्यानर बोकेका थिए । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा यस पर्वमा छ ।

वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । उभौली पर्वमा किराँत समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ । 

विभिन्न संस्था र प्रदेश १ को पुनः नामकरण संयुक्त संघर्ष समितिले प्रदेश १ को नाम पहिचानको आधारमा हुनेपर्ने मागसहित यस वर्षको उभौली/साकेला, यक्वा तङ्नाम, श्याँदर पिदर, युच्याङ, चासुवा, भुम्या, भुमे लगायतले सडकमै पर्व मनाएका हुन् । जातीय संस्कृति झल्काउने र सांगीतिक कार्यक्रम गरेर सरकारलाई दबाब दिन कोसी प्रदेश खारेजसहितको प्लेकार्ड पनि प्रदर्शन गरिएको थियो ।

345245139_1960965177591954_5880410289008984565_n1683282730.jpg

345206600_562567442700340_2105520329555544129_n1683282719.jpg

345093023_547022887611887_5795359286736124490_n1683282709.jpg

345088438_777663110466256_8473901988746757355_n1683282692.jpg

345066836_264498319320339_4121868368341571931_n1683282681.jpg

345030609_525710649752092_485226548095876981_n1683282672.jpg

344781133_951637226184688_4549640886854205363_n1683282662.jpg

344617732_620654703276133_1981386454496807837_n1683282652.jpg

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १६:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज उँभौली पर्व
शुक्रबार, वैशाख २२, २०८०