हैदराबादमाथि कोलकाताको जित

शुक्रबार, वैशाख २२, २०८०

काठमाडौँ– भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई पाँच विकेटले पराजित गरेको छ । 

गएराति वरुण चक्रवर्तीको सटिक बलिङको मद्दतले कोलकाताले हैदराबादलाई उसकै मैदानमा हराएको हो ।

यो जितसँगै कोलकाताको आठ अंक भएको छ । उ अझै १० टोली सहभागी रहेको लिगको आठौं स्थानमा सीमित छ । हैदराबाद ६ अंकमा एक स्थान पछाडि अर्थात् लिगको नवौं स्थानमा छ । दिल्ली क्यापिटल्स ६ अंकमा सबैभन्दा अन्तिम स्थानमा छ । उ रनरेटले पछि छ ।

जितका लागि १८२ रनको लक्ष्य पाएको हैदराबादले आठ विकेट गुमाएर १६६ रन मात्र बनाउन सक्यो । 

वरुणले चार ओभरमा २० रन मात्र खर्चेर एक विकेट लिए । त्यस अगाडि कोलकाताले नौ विकेटका १७१ रन बनाएको थियो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  ०७:२५
प्रतिक्रिया दिनुहोस्