पञ्जाबमाथि ५ पटकको विजेता मुम्बईको सहज जित

बिहीबार, वैशाख २१, २०८०

काठमाडौँ– भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा सर्वाधिक ५ पटकको विजेता मुम्बई इन्डियन्सले सहज जित निकालेको छ ।

गएराति भएको खेलमा मुम्बईले पञ्जाब किंग्सलाई ६ विकेटको सहज जित निकालेको हो ।

जितका लागि २१५ रनको चुनौती पाएको मुम्बईले मात्र चार विकेट गुमाएर १८.५ ओभरमै २१६ रन बनाउँदै पूरा गर्यो । 

इशान्त शर्मा र सूर्यकुमार यादवको आक्रामक ब्याटिङको मद्दतले मुम्बई सहज जित निकाल्न सफल भयो । 

इशान्तले ४१ बलमा ७५ र सूर्यकुमारले ३१ बलमा ६६ रन बनाए ।

त्यसअघि पञ्जावले तीन विकेटमा २१४ बनाएको थियो । लियान लिभिङस्टोनले ४२ बलमा ८२ रन बनाएपछि त्यो टोलीको जितका लागि पर्याप्त भएन । 

मुम्बई ९ खेलबाट ५ जितसहित १० अंकका साथ लिगको छैटौँ स्थानमा छ । 

समान नतिजा ल्याएको पञ्जाब रनरेटमा पछि पर्दै सातौँमा छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  ०७:२२
प्रतिक्रिया दिनुहोस्