लखनाऊ र चेन्नाईले अंक बाँडे

बिहीबार, वैशाख २१, २०८०

काठमाडौँ– भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत लखनऊ सुपर जायन्ट्स र चेन्नाई सुपर किंग्सले खेल वर्षाका कारण रद्द भएको छ । 

खेल रद्द भएपछि दुवै टोलीले १–१ अंक बाँडेका छन् ।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले १९.२ ओभरमा ७ विकेट गुमाएर १२५ रन बनाएको अवस्थामा खेल रोकिएको थियो । 

निरन्तर भारी वर्षा भएसँगै खेल रद्द भएको हो । 

लखनऊका लागि आयुष बदोनीले ५९ रनको अर्धशतकीय पारी खेलिरहँदा खेल रोकिनपुगेको हो ।

चेन्नाईका लागि मथिशा पथिराना, महेश थिक्सना र मोइन अलिले सर्वाधिक समान २÷२ विकेट लिएका थिए । 

जारी प्रतियोगितामा लखनाऊले १० खेलमा ५ जित र ४ हारका साथ लखनऊ ११ अंक जोडेको छ । चेन्नाईसँग अंक बाँड्नका बाबजुद लखनाऊ दोस्रो स्थानमा उक्लिएको छ ।

यता चेन्नाई पनि १० खेलमा ५ हार र ३ जितका साथ तेस्रो स्थानमा उक्लिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  ०७:०८
प्रतिक्रिया दिनुहोस्