आइपिएल :

पुछारको दिल्लीले शीर्ष स्थानको गुजरातलाई उसको घरेलु मैदानमै हरायो

बुधबार, वैशाख २०, २०८०

काठमाडौँ– भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगिताको अंक तालिकामा पुछारमा रहेको दिल्ली क्यापिटल्स्ले शीर्ष स्थानको गुजरात टाइटन्सलाई उसको घरेलु मैदानमै हराएको छ ।

गुजरातको घरेलु मैदान नरेन्द्र मोदी रंगशालामा गएराति भएको खेलमा पुछारमा रहेको दिल्लीले शीर्ष स्थानको गुजरातमाथि ५ रनको रोमाञ्चक जित हात पारेको हो ।

लो स्कोरिङ थ्रीलर खेलमा दिल्लीले १३० रनको सामान्य लक्ष्य रक्षा गर्न सकेको हो ।

दिल्लीले दिएको १३१ रनको लक्ष्य पछ्याएको साविक विजेता गुजरात लक्ष्यमा पुग्न सकेन । कप्तान हार्किद पाण्ड्याले अर्धशतक बनाए पनि त्यो टोलीको जितका लागि पर्याप्त भएन ।

गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो । कप्तान पाण्ड्याले ५३ बल खेल्दै ७ चौका प्रहार गरी अविजित रहँदै सर्वाधिक ५९ रन बनाए । 

दिल्लीका खलिल अहमद र इशान्त शर्माले २÷२ तथा एनरिक नोर्किअ र कुलदिप यादवले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो ।

अमन हाकिम खानले अर्धशतक प्रहार गरेका थिए । उनले ४४ बल खेल्दै ३ चौका  ३ छक्का प्रहार गरी ५१ रन बनाए । 

गुजरातका मोहम्मद शामीले सर्वाधिक ४ विकेट लिए । 

जारी प्रतियोगितामा ९ खेल खेल्दा दिल्लीको यो तेस्रो जित निकालेको हो ।

अर्कोतिर शीर्ष स्थानको गुजरातको तेस्रो हार हो । हारपछि पनि ९ खेलबाट १२ अंकसहित गुजरात शीर्ष स्थानमै कायम छ ।

कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरवादको समान ६ अंक छ । यद्यपि, रनरेटका आधारमा दिलली अझे पुछारमै छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  ०७:५२
प्रतिक्रिया दिनुहोस्