मन्त्रीपरिषद् बैठक

अध्यादेशमार्फत मिटरव्याज समस्या समाधान गर्ने सरकारको निर्णय

मंगलबार, वैशाख १९, २०८०

काठमाडौँ– सरकारले मिटरव्याजीसंग सम्बन्धीत समस्यालाई समाधानका लागि आवश्यक कानून निर्माण गर्ने भएको छ । 

सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले मिटरव्याजीसंग सम्बन्धीत समस्या समाधानका लागि अध्यादेशमार्फत आवश्यक कानून निर्माण गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

मिटरव्याजीसंग सम्बन्धी समस्या छिटो भन्दा छिटो समाधान गर्नका लागि आवश्यक कानूनी व्यवस्था गर्न लागिएको उनले बताइन् ।

प्रवक्ता शर्माले बुधबार पनि मन्त्रीपरिषद् बैठक बस्ने र अन्य निर्णय हुने जानकारी दिइन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १९:०२
प्रतिक्रिया दिनुहोस्