रवि लामिछानेका गाडी चालकको निधन

मंगलबार, वैशाख १९, २०८०

काठमाडौं –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको चितवनस्थित घरको छतबाट खसेर घाइते भएका गाडी चालक दिलबहादुर थापाको उपचारको क्रममा मंगलबार निधन भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेका  उनको मंगलबार दिउँसो निधन भएको हो ।

वैशाख ४ गते बिहान ४ बजे घरको छतबाट लडेर घाइते भएका ३९ वर्षिय थापाको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा प्रारम्भिक उपचार गरिएको थियो । टाउकोमा गहिरो चोट लागेका थापाको भरतपुरमा नै शल्यक्रियासमेत गरिएको थियो । उनलाई वैशाख ५ गते मंगलबार सेनाको हेलिकोप्टरबाट ललितपुरस्थित मेडिसिटी अस्पतालमा थप उपचारका लागि ल्याइएको थियो ।

शम्भु सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का हुन् । सभापति लामिछानेले थापाको उपचारमा संलग्न चिकित्सक तथा उनका परिवारका सदस्यसमेतको सहमतिमा थप उपचारका लागि मेडिसिटी अस्पताल ल्याइएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १५:२३
प्रतिक्रिया दिनुहोस्