राष्ट्रपति पौडेलले आफ्नो उपचार खर्च आफैँ ब्यहोर्ने [विज्ञप्तिसहित]

मंगलबार, वैशाख १९, २०८०

काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा लागेको उपचार खर्च आफैँ बेहोर्ने भएका छन् ।

भारतको नयाँ दिल्लीस्थित अखिल नेपाल भारतीय आर्युर्विज्ञान संस्थान (एम्स) मा राष्ट्रपति पौडेलको उपचार भएको हो ।

राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले एम्समा भएको उपचार खर्च राष्ट्रपति आफैँले ब्यहोर्न चाहेको बताएका छन् । 

‘उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयमले ब्यहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले राष्ट्रपतिलाई आफ्नो उपचार खर्च आफैँ बेहोर्न आग्रह गरेका थिए ।

राष्ट्रपति पौडेल स्वास्थ्य उपचार पछि आइतबार नेपाल फर्केका थिए । 

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइराखेका पौडेललाई थप उपचारका लागि गत वैशाख ६ गते भारत लगिएको थियो । 

344567674_634419101392149_9157568227406304197_n1683010792.jpg

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १२:४४
प्रतिक्रिया दिनुहोस्