नेपाल जितको खुशियाली [तस्बिर कथा]

मंगलबार, वैशाख १९, २०८०

काठमाडौं– एसीसी प्रिमियर कपको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई सात विकेटले पराजित गर्दै नेपाल यसै वर्ष हुने एसिया कपमा स्थान बनाउन सफल भएको छ । 

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपालले प्रिमियर कपको उपाधिसहित पहिलो पटक एसिया कपमा स्थान बनाएको हो । 

प्रिमियर कपको उपाधि जितेसँगै नेपालले यसै वर्षको सेप्टेम्बरमा पाकिस्तानमा हुने तालिका रहेको एसिया कपमा समूह ‘ए’ मा स्थान पक्का गरेको हो । ६ टिमको सहभागिता रहने प्रतियोगिताको यो समूहमा भारत र पाकिस्तान छ ।

यूएईले प्रस्तुत गरेको ११८ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो । त्यसअघि टस हारेपछि ब्याटिङमा आएको यूएईले ३३.१ ओभरमा सबै विकेट गुमाएर ११७ रन बनाएको थियो ।

नेपालको जितमा त्रिवि क्रिकेट मैदानमा उपस्थित दर्शकले रंग र अविर उडाएर हर्षोल्लास मनाएका छन् । 

सोमबार पानी पर्दा पनि छाता ओढेर नेपाली टोलीको हौसला बढाउन पुगेका उनीहरु मंगलबार पनि उत्तिकै संख्यामा स्टेडियम वरपर उपस्थित भएर नेपाली खेलाडीको मनोबल बढाएका हुन् ।

344334383_221627123821319_8948319702688480897_n1683008939.jpg

Nepal-VS-UAE-_full-Match1683008925.jpg

344808949_208461628598140_2505791760385519719_n1683008912.jpg

344542334_1914972795525130_3579883874961649537_n1683008898.jpg

344428978_1185634792102466_5629041811957390961_n1683008862.jpg

344386337_135784562743023_3071464580987500879_n1683008851.jpg

344367901_604828078374341_5450689121776134122_n1683008813.jpg

344357543_179470451706654_4370357641475784370_n1683008803.jpg

344314115_815129350035534_4336012126896456660_n1683008791.jpg

344308944_778946543766191_8528263438072298082_n1683008775.jpg

344200538_234866615804496_4854111798202447348_n1683008761.jpg


 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार