उपेन्द्र यादवले आज शपथग्रहण गर्दै

मंगलबार, वैशाख १९, २०८०

काठमाडौं–बारा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा विजयी जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मंगलबार सांसदको शपथग्रहण गर्दै छन् । उनले मंगलबार दिउँसो १ बजे सिंहदरबारमा शपथग्रहण गर्न लागेका हुन् ।

उनलाई सभामुख देवराज घिमिरेले शपथग्रहण गराउने छन् । बारा निर्वाचन क्षेत्र नम्बर २ मंसिर ४ गते भएको निर्वाचनमा विजयी रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेसँगै रिक्त रहेको क्षेत्रमा उपनिर्वाचन भएको थियो । जसमा जसपा अध्यक्ष यादव निर्वाचित भएका थिए ।

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  ११:४६
प्रतिक्रिया दिनुहोस्