नेभिगेशन
समाज विविध

परराष्ट्रमन्त्री साउद बेलायत जाने

काठमाडौं– बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री एनपी साउद बेलायत जाने भएका छन् । 

राज्याभिषेक समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल जाने तय भएको थियो । तर स्वास्थ्यका कारण राष्ट्रपति पौडेल जान नसक्ने भएपछि सरकारले परराष्ट्रमन्त्री साउदलाई बेलायत पठाउन लागेको हो । 

राज्याभिषेक कार्यक्रममा सहभागी हुन साउद वैशाख २१ गते बेलायत जाने छन् ।

वैशाख २३ मा लन्डनको वेस्टमिनिस्टर गिर्जाघरमा राज्याभिषेक समारोहमा हुनेछ । वकिङ्घम राजप्रासादका अनुसार राज्याभिषेक समारोहमा झन्डै दुई हजार पाहुनालाई आमन्त्रण गरिएको छ । समारोहमा संसारभरका राजनेता, राष्ट्र तथा सरकार प्रमुख, राजारानी एवं राजपरिवार सदस्य, विश्वका विभिन्न देशका प्रतिष्ठित व्यक्ति उपस्थित हुने छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध