राष्ट्रपति पौडेल आज राति स्वदेश फर्कने

आइतबार, वैशाख १७, २०८०

काठमाडौं –भारतको नयाँ दिल्लीमा उपचार गराइरहेका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । 

उनी आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै जनाएको छ ।

उपचारमा संलग्न चिकित्सकहरूले राष्ट्रपति पौडेललाई अझ केही हप्ता आराम गर्ने सुझाव दिएको जारी विज्ञप्तिमा उल्लेख छ । 

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइराखेका पौडेललाई थप उपचारका लागि गत वैशाख ६ गते भारत लगिएको थियो । उनको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार भएको हो ।

president statement1682849364.jpg

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १५:५३
प्रतिक्रिया दिनुहोस्