सरकार र महावीर पुनबीच वार्ता जारी

आइतबार, वैशाख १७, २०८०

काठमाडौं–सरकारले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग वार्ता थालेको छ ।

कानुन मन्त्रालयसमेत सम्हाल्दै आएका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले रक्षा मन्त्रालयमा पुनसँग वार्ता गरिरहेका छन् । 

वार्तामा सरकारका मुख्यसचिव शंकरदास बैरागी पनि सहभागी छन् । 

अनुसन्धान, नवप्रवर्तन र आविष्काररसहित ४ बुँदे माग राख्दै माइतीघरमा अनिश्चितकालीन धर्ना बसेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग वार्ता थालेको छ ।

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आइतबारमात्रै पुनसँग अविलम्ब संवाद गर्न सरकारलाई आग्रह गरेका थिए । महावीरसँगै धर्नामा राजनीतिक दलका पार्टीका नेता तथा सामाजिक अभियन्ताहरु पनि सहभागी भएका छन् ।


 

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १४:०६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार