महाविर पुनको आन्दोलनमा राजेन्द्र लिङ्देनको ऐक्यवद्धता [तस्बिरमा]

आइतबार, वैशाख १७, २०८०

काठमाडौं- राप्रपाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीरको नेतृत्वमा भइरहेको आन्दोलनको समर्थन गरेका छन् । आइतबार प्रदर्शनस्थल माइतीघर मण्डला पुगेर पुनको धर्नामा सहभागी उनी भएका हुन् ।

गत शुक्रवारदेखि ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामबाट आन्दोलनमा उत्रेका पुनले विकास बजेटको १ प्रतिशत रकम आविष्कारको लागि छुट्टाउनुपर्ने माग अघि सारेका छन् । यसअघि विभिन्न दलका नेताहरु पनि माइतीघर पुगेर उनको आन्दोलनमा समर्थन जनाएका छन् ।

आविष्कार केन्द्रका पुनले आफ्नो अभियानमा संस्थागत उपस्थिति र ऐक्यबद्धता जनाएकोमा राप्रपालाई धन्यवाद दिँदै अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा राजनीतिक दलका बीच साझा धारणा र एकताबद्ध प्रयास हुनुपर्ने बताए ।

343978946_1360763661437410_5658675178137442319_n1682839428.jpg

343959963_264423652681731_6553941547561036243_n1682839418.jpg

343939664_1276039919988857_6384827831025193812_n1682839406.jpg

343734736_1422765721875033_4609558000797351674_n1682839395.jpg

341837072_784290273075758_5038078937648952498_n1682839384.jpg

341836162_583423907141670_2070187014365542551_n1682839371.jpg

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्