प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीलाई बधाई, उचित सम्मानको प्रतिबद्धता

शनिबार, वैशाख १६, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले एसिसी मेन्स प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई बधाई दिएका हुन् ।

प्रधानमन्त्रीले क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त गर्दै सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले भनेका छन्, “एसिसी मेन्स प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई हार्दिक बधाई । क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त गर्दै सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।” 

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  २१:५५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार