Nic Ad Nic Ad
Nic Ad Nic Ad

माइतिघर पुगेर रविले भने– रास्वपाका २१ सांसद महावीर पुनको साथमा छ

महावीर पुनको माग पुरा गर्न सरकारलाई रास्वपाको ध्यानाकर्षण
शनिबार, वैशाख १६, २०८०

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले अघि सारेका माग पुरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

शनिबार रास्वपाका सभापति सभापति रवि लामिछानेसहितका नेताहरु माइतिघर पुगेर पुनको आन्दोलनप्रति ऐक्यवद्धता जनाउदै माग पुरा गर्न सरकारको ध्यानाकर्षण गरेका हुन् । 

रास्वपाका सभापति लामिछानेले महावीर पुनले अघि सारेका चारबुँदे माग पुरा गर्नका लागि अविलम्व वार्ताको टेबुलमा बसि आन्दोलन अन्त्य गर्ने वातावरण तयार गर्न माग गरे ।

उनाले अव सरकारले कार्यतालिका नै बनाएर सरकारले पुनले अघि सारेका मागहरु सम्बोधन गर्नुपर्ने धारणा राखे । लामिछानेले रास्वपाका २१ जना सांसदहरु नै पुनको माग पुरा गर्नका लागि साथमा रहेको बताए ।

उहाले मुलुकको हितका लागि काम गर्ने व्यक्ति सडकमा आउनुपर्ने अवस्था आउन नदिन सरकार गम्भीर हुनुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्