Nic Ad Nic Ad
Nic Ad Nic Ad
कर्णाली प्रदेश

कर्णालीका मुख्यमन्त्री शर्माले तेस्रोपटक पाए विश्वासको मत

शुक्रबार, वैशाख १५, २०८०

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् ।

शुक्रबार कर्णाली प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत पाएका हुन् । 

शर्माको विश्वासको पक्षमा २९ जना सांसद मत दिएका छन् भने विश्वासको मतको विपक्षमा १० सांसदले मत दिएका छन् । यससँगै मुख्य मन्त्री शर्माले तेस्रोपटक विश्वासको मत प्राप्त गरेका छन् ।

गत २७ चैत्रमा नेकपा एमालेले समर्थन फिर्ता लिएपछि शर्माले गत आइतबार प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी पत्र दर्ता गराएका थिए ।  

शर्मालाई माओवादी, कांग्रेस, समाजवादी र स्वतन्त्र सांसदले साथ दिए भने एमाले र राप्रपाले बिपक्षमा मत दिएको थियो । 

शर्माले यसअघि ६ माघमा पहिलो पटक  र १७ चैत्रमा दोस्रो पटक विश्वासको मत लिएका थिए । त्यस बेला नेकपा एमाले, कांग्रेस, समाजवादी र स्वतन्त्र सांसदको मत पाएका थिए । तर, राष्ट्रिय राजनीतिमा कांग्रेससँग सत्ता सहकार्य गरेर अघि बढिरहेको अवस्थामा प्रदेशमा पनि त्यही लागू हुने भए पनि २७ चैत्रमा एमालेले समर्थन फिर्ता लिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १८:२२
प्रतिक्रिया दिनुहोस्