Nic Ad Nic Ad
Nic Ad Nic Ad

रवि लामिछानेले संसदमा भने– लक्ष्मी कोइरी बिरामी होइनन्, फरार अभियुक्त हुन्

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले एमाले सांसद लक्ष्मी कोइरी विरामी नपरेको बताएका छन् ।

आज प्रतिनिधि सभामा बोल्दै लामिछानेले सांसद कोइरीको विषय आफूसँग पनि जोडिएको भन्दै सो सम्बन्धी आफ्नो धारणा राखेका हुन् । आफू गृहमन्त्री भएको बेलामा सांसद कोइरीलाई प्रहरी प्रशासनले खोजेको भएपनि उनी भागेर भारत गरएको र त्यसको प्रमाण आफूसँग रहेको लामिछानेले बताए ।

‘लक्ष्मी कोइरी विरामी परेका छैनन्, उनी विरामी होइनन्, फरार अभियुक्त हुन् । उनका विषयमा नढाटियोस्,’ लामिछानेले भने ।

सभामुख देवराज घिमिरेले सांसद कोइरी विरामी परेकोले संसदमा उपस्थित हुन नसकेको सुचना संसदलाई दिएका थिए । कोइरीमाथि हत्या अभियोग गरेको छ । सांसद कोइरी एमालेबाट निर्वाचित भएका हुन् भने सभामुख घिमिरे पनि एमाले नेता नै हुन् । यद्यपि, सभामुख भएपछि उनले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १७:३७
प्रतिक्रिया दिनुहोस्