Nic Ad Nic Ad
Nic Ad Nic Ad

पर्यटन मन्त्री किराती भन्छन्– रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्छ

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौँ– सस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन्। 

samridhi jewllers

शुक्रबार होटल व्यवसायी महासंघ र पर्यटन बोर्डद्वारा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले यस्तो बताएका हुन् ।

‘जनताले रवि लामिछानेलाई लोकप्रिय मत दिएका छन्। यो जनमतको सम्मान गर्न अब रविले रोजेको मन्त्रालय दिनुपर्छ। त्यसको लागि मैले के त्याग गर्नुपर्छ तयार छु,’ उनले भने ।

हजारौं जनताको बलिदानीबाट प्राप्त यो व्यवस्थाले अझै जरा गाड्न नसकेको उनको भनाइ छ । यस्तै, उनले अहिले देशको अर्थतन्त्र जर्जर अवस्थामा पुगेको पनि बताए ।

‘दशको अर्थतन्त्र जर्जर अवस्थामा छ । यसको सङ्कट मोचनका लागि अब राष्ट्रिय सहमतिको सरकार गठन गरौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको जुन अभिमत पायो, यो जनताको आक्रोस हो। मुख्यतः जिम्मेवार ठूला दलहरुको अकर्मण्यताको पराकाष्ठ हो,’ उनले भने ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १६:१३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार