Nic Ad Nic Ad
Nic Ad Nic Ad

रवि र स्वर्णिमले लिए सपथ, लिएनन् उपेन्द्रले

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौँ– वैशाख १० मा भएको प्रतिनिधिसभाको उपनिर्वाचनबाट चुनिएका २ सांसदले आज सपथ लिएका छन् ।

चितवन २ का रवि लामिछाने र तनहुँ १ का डा स्वर्णिम वाग्लेले आज पद तथा गोपनीयताको सपथ लिएका हुन् । 

सिंहदरबारमा आज आयोजित कार्यक्रममा उनीहरूलाई सभामुख देवराज घिमिरेले शपथ खुवाएर सांसदको लोगो लगाइदिएका थिए ।

लामिछाने र वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित सांसद हुन् । 

बारा २ बाट चुनिएका उपेन्द्र यादवले भने आज सपथ लिएनन् । यादव जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षसमेत रहेको उनले किन सपथ लिएनन् भन्ने खुलाइएको छैन । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १२:४४
प्रतिक्रिया दिनुहोस्