सर्‍यो राष्ट्रियसभा बैठक 

बिहीबार, वैशाख १४, २०८०

काठमाडौँ– राष्ट्रियसभा बैठक सरेको छ । आज आपरह्न १ः०१ बजे बस्ने तय भएको बैठक विशेष कारणवश यही वैशाख १५ गते शुक्रबार अपराह्न ४ः०१ मा बस्ने गरी सरेको सङ्घीय संसद् सचिवालले जनाएको छ । 

आज बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम (६) उपनियम (३) बमोजिम अध्यक्ष गणेशप्रसाद तिमिस्सिनाले शुक्रबार बस्ने गरी निर्धारण गरेको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले जानकारी दिए । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १२:५४
प्रतिक्रिया दिनुहोस्