उपनिर्वाचन अपडेट

बारा–२ : यादवको अग्रता कायमै, मतान्तर घटाउँदै कुशवाहा

पछिल्लो मत परिणामअनुसार कुशवाहाले मतान्तर घटाएर २ हजार ६ सय २९ मा पुर्‍याए
मंगलबार, वैशाख १२, २०८०

बारा– बारा क्षेत्र नम्बर–२ मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । 

पछिल्लो मतपरिणाम अनुसार जसपाका यादवले अग्रता कायमै राखेका छन् । यता उनका प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले मतान्तर घटाउँदै लगेका छन् । 

यसअघि यादव कुशवाहाभन्दा २ हजार ८ सय ३ मतले अगाडि थिए । पछिल्लो मत परिणामअनुसार कुशवाहाले मतान्तर घटाएर २ हजार ६ सय २९ मा पुर्‍याएका छन्। 

यादवले २२ हजार ५ सय ५२ मत पाउँदा कुशवाहाले १९ हजार ९ सय २३  मत पाएका छन् । 

तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेल छन्। उनले ६ हजार ५ सय १  मत पाएका छन् । 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रमेश खरेलले २ हजार ६ सय ८१ मत र आम जनता पार्टीका उम्मेदवार अरूण ज्ञवालीले २ हजार मत पाएका हुन् ।  

अपडेट गरिएको– ९ बजेर ४० मिनेटमा

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  २१:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार