सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा [तस्बिर कथा]

सोमबार, वैशाख ११, २०८०

काठमाडौँ– वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा सोमबारबाट सुरु भएको छ ।

Rato_machhindranath_jatra_cnnepal91682343600.jpg

जात्राको पहिलो दिन ललितपुरको पुल्चोकस्थित मच्छिन्द्रबहालमा रहेको रथलाई तानेर गाःवहालमा पुर्‍याइएको छ ।

Rato_machhindranath_jatra_cnnepal101682343600.jpg

मच्छिन्द्रनाथको रथयात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर आषाढ शुक्ल चतुर्थी (दुई महिना) सम्म चल्छ ।

Rato_machhindranath_jatra_cnnepal111682343600.jpg

सबैभन्दा लामो जात्राका रूपमा लिइने मछिन्द्रनाथ जात्रालाई हिन्दू धर्मावलम्बीले ऐतिहासिक करुणामयको रूपमा पुज्छन् । त्यस्तै, बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ अर्थात् पञ्चबुद्धमध्येका चौथो बुद्धका रूपमा पूजा गर्छन् ।

Rato_machhindranath_jatra_cnnepal121682343600.jpg

मछिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ । पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावालाखेलमा पुर्‍याएर भोटो देखाइन्छ । 

Rato_machhindranath_jatra_cnnepal61682343599.jpg

पौराणिक कथन अनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्राको सुरुआत गराइएको किंवदन्ती छ । 

Rato_machhindranath_jatra_cnnepal51682343599.jpg

Rato_machhindranath_jatra_cnnepal41682343599.jpg

Rato_machhindranath_jatra_cnnepal131682343600.jpg

Rato_machhindranath_jatra_cnnepal71682343599.jpg

Rato_machhindranath_jatra_cnnepal81682343599.jpg

Rato_machhindranath_jatra_cnnepal21682343598.jpg

Rato_machhindranath_jatra_cnnepal31682343598.jpg

 

 

 

Rato_machhindranath_jatra_cnnepal141682343601.jpg

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १९:१६
प्रतिक्रिया दिनुहोस्