उपनिर्वाचन अपडेट

चितवन–२ अपडेट : रविले कटाए ३६ सय भोट, एमाले र कांग्रेसको कति ? 

सोमबार, वैशाख ११, २०८०

चितवन– चितवन क्षेत्र न.– २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका रवि लामिछानेले ३ हजार ६ सय भन्दा बढी मत पाएका छन् । 

उपनिर्वाचनको प्रारम्भिक परिणाम अनुसार अग्रता लिइरहेका लामिछानेले ३ हजार ६ सय २ मत पाएका हुन् । उनलाई एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले २ हजार १ सय २३ मतसहित पछ्याइरहेका छन् ।

यस्तै, नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले १ हजार ४ सय ९४ मत पाएका छन् ।

chitwan11682339997.jpg

 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १८:१२
प्रतिक्रिया दिनुहोस्