शिव पार्वती विवाहोत्सवमा प्रसाद वितरण [तस्बिरमा]

आइतबार, वैशाख १०, २०८०

आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । जौको सातु र सर्वत खाने दिन । उष्ण गर्मीको समयमा शीतलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सर्वत पानी खाएर अक्षय तृतीया मनाउने गरिन्छ ।

यही दिन ८ चिरञ्जीवीमध्ये एक परशुराम अवतारको जन्म भएको हो । त्यसैले यस दिनलाई परशुराम जयन्तीको रूपमा पनि मनाइन्छ । यही दिन शिव–पार्वतीको विवाह पनि भएको थियो । त्यसैले यस दिन गरेको स्नान, दान र शुभ कर्मलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ ।

अक्षय तृतीयका दिन गरिएको दान एवं धर्मबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल वा पुण्य प्राप्त हुने विश्वास छ । यसकारण यो तिथिलाई धानधर्मका लागि अचुक काल मानिएको छ ।

यसै अवसरमा पशुपति परिसरमा श्री पशुपति नाथ नित्य परिवारले शिव पार्वती विवाह भएको स्मरणमा प्रसाद वितरण गरेको छ ।

342837992_242798218245342_8341972174481665035_n1682247242.jpg

342369162_175913118719991_1828951136639938611_n1682247219.jpg

342197393_1406954693452768_1981352740108883109_n1682247200.jpg

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १६:३७
प्रतिक्रिया दिनुहोस्