Nic Ad Nic Ad
Nic Ad Nic Ad

अनिश्चितकालका लागि स्थगित राष्ट्रियसभा बैठक १३ वैशाखमा बस्ने

आइतबार, वैशाख १०, २०८०

काठमाडौं – राष्ट्रियसभा बैठक १३ वैशाखमा बस्ने भएकोे छ  । अनिश्चितकालका लागि स्थगित भएको राष्ट्रिय सभा बैठक १३ वैशाखमा बस्ने गरी बोलाइएको छ । यसअघि ५ वैशाखमा  बैठक बसेको थियो ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले १३ वैशाख दिउँसो १ बजेर १ मिनेटमा बैठक बोलाएका हुन् । 

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले आइतबार एक सूचना जारी गदै बैठक बस्ने बारे जानकारी दिएका हुन् । हाल राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना रूसमा छन् । 


 

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १५:३२
प्रतिक्रिया दिनुहोस्