Nic Ad Nic Ad
Nic Ad Nic Ad

कार्यकर्तालाई संयमित रहन रविको अपिल

आइतबार, वैशाख १०, २०८०

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रको कुरा गर्ने राजनीतिक दलहरूलाई इतिहासले मूल्यांकन गर्ने बताएका छन् । 

आइतबार चितवनको भरतपुर–११ स्थित नयाँकिरण माविमा अवलोकनका लागि पुगेका उनीमाथि हुलहुज्जत भएपछि फेसबुक लाइभमार्फत लोकतन्त्रको सुन्दर पक्षलाई नजरअन्दाज, हुलहुज्जत गरे इतिहासको मूल्यांकन गर्ने बताएका हुन् । 

उनले भने, ‘सबैजना संयमित हुनुहोला । यतिखेर हामीसँग मतदान बाहेक विकल्प छैन । लोकतन्त्रको सुन्दर पक्ष मतदान हो । यो पक्षलाई नजरअन्दाज, हुहुज्जत गर्नुभयो भने इतिहासको मूल्यांकन गर्नेछ ।’ 

सभापति लामिछानेले अन्य राजनीतिक दलहरूको गलत हर्कतलाई चितवनवासीले हेरिरहेकाले एक माघले जाडो नजाने चेतावनी दिए ।

सभापति लामिछानेले चितवनलाई संसारले हेरिरहेकाले आफू पनि संयमित भएको बताएका छन् । उनले आफ्ना पार्टीका समर्थकहरूलाई संयमित भएर उपनिर्वाचनमा खटिन पनि निर्देशन दिएका छन् । 

‘मभित्र ज्वाला बलेको छ । तर, संयमित भएको छु । तपाईंहरू पनि संयमित रहनुहोला,’उनले भने । 

चितवन–२ अन्तर्गत भरतपुर महानगरपालिका–११ स्थित नयाँकिरण मावि मतदान केन्द्रमा आइतबार लामिछाने पुग्दा समर्थकले नाराबाजी गरेका थिए । त्यसपछि अरू पार्टीका कार्यकर्ताले आपत्ति जनाए । त्यहाँ धकेलाधकेल समेत भएको थियो ।

त्यसपछि आफ्नो निवास फर्किएर लामिछानेले फेसबुक लाइभ गरे । लाइभका क्रममा उनले आफ्ना समर्थकमाथि योजनाबद्ध हमला गरिएको जिकिर गरे ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सरोकारवाला सबैको ध्यानाकर्षण गराइसकेको बताए । अरू पार्टीका उमेदवारलाई पनि संयमता अपनाउन आग्रह गरे ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १४:३२
प्रतिक्रिया दिनुहोस्