नेभिगेशन
अर्थ विविध

चार प्रतिशत आर्थिक वृद्धिले मुलुक समृद्ध हुँदैन : अर्थमन्त्री

काठमाडौं - अर्थमन्त्री डा. प्रकाश शरण महतले मुलुकको ४ प्रतिशतको आर्थिक वृद्धिले आर्थिक विकास र रोजगारी सिर्जना गरी समृद्ध मुलुक बनाउने लक्ष्य पूरा नहुने बताएका छन्।

शनिवार बाह्रखरी मिडियाले आयोजना गरेको आर्थिक परिसंवाद कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन्।

उनले सरकारको आर्थिक नीति र मौद्रिक नीतिको प्रमुख लक्ष्य आर्थिक वृद्धि गर्ने भएको बताए। मुलुकको आर्थिक वृद्धिदर बनाउन सबैको सहयोग आवश्यक रहेको उनको भनाइ थियो।

उनले पछिल्लो समय सरकारले सबै आयोजना बनाउने भनेर स्रोत सुनिश्चित बिना आयोजना घोषणा गर्ने गरेको बताए। ५० करोड आवश्यक पर्ने आयोजनामा ५ लाख रुपैयाँ राखेर स्रोतको सुनिश्चितता भयो भनेर ठेक्का लगाएको आवस्था रहेको भन्दै उनले अब सरकारले आगामी बजेटमा स्रोत सुनिश्चितता नभएका आयोजना नसमेट्ने जिकिर गरे।

अर्थमन्त्री महतले करिब ४ खर्ब रुपैयाँ बराबरका स्रोत सुनिश्चित नभएका आयोजनाहरु ठेक्का लागे पनि आयोजना बनाउने अहिलेसम्म स्रोत नभएको बताए। उनले साना आयोजनामा समेत केन्द्र सरकारले हात हालेको भन्दै अब साना आयोजनाको काम स्थानीय सरकारलाई दिने उल्लेख गरे। उनले आगामी बजेटमा स्रोत सुनिश्चित भएका आयोजनाहरुलाई पहिलो प्राथमिकता हुने बताए।

अर्थमन्त्री महतले आर्थिक प्रभावकारिता बढाउन सरकारको विकास खर्च गर्न सक्ने क्षमता बढाउने काम गर्ने पनि उल्लेख गर्। सरकाले प्रभावकारिता मूल्याङ्कन गरेर खर्च गर्नुको विकल्प नभएको उनको भनाइ थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्