तस्बिरमा इदुलफित्र

शनिबार, वैशाख ९, २०८०

काठमाडौं –इस्लाम धर्मावलम्बीको महान् पर्व इदुलफित्र हर्षोेल्लासका साथ शनिबार मनाइएको छ । 

इदुलफित्राका अवसरमा इस्लाम धर्मावलम्बीले सामूहिक नमाज (प्रार्थना) गर्नाका साथै एकापसमा अँगालो मारेर बधाई तथा शुभकामना) साटासाट गरिएको छ । 

एक महिनासम्म चलेको रमजान पर्वमा मुुसलमान समूदायहरू दिनमा निराहार बस्छन् । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । 

दान दिनु गरिब र दीनदुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । कुलतमा लागेका मानिस एक महिना इमान्दारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउन सकिने अनुमान गर्न सकिन्छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछन् । 

नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन । 

यस पर्वमा बिर्यानी, पुलाउ, सेबइ, दुग्ध, मासुका परिकार, फलफूल र मिठाई साथीभाइ, इस्टमित्रलाई खुवाउने  प्रचलन रहिआएको छ । 

idd11682158170.jpg

idd41682158153.JPG

idd31682158130.jpg

idd11682158093.jpg


 

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १५:५०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार