चार वटा टिपर एकैपटक ठोकिए

शनिबार, वैशाख ९, २०८०

काठमाडौं –काठमाडौंको साँखु–लप्सीफेदी सडकमा चार वटा टिपर एकैपटक ठोक्किएका छन् । काठमाडौंको साँखु–लप्सीफेदीस्थित जंगलमा शिनबार चार वटा टिपर एकैपटक ठोकिएका हुन् । 

बा ५ ख ४५७०, ना ८ ख २९१९, प्रदेश ३–०१–००६ ख १०७२ र बा ३ ख ३९२७ नम्बरको टिपर एकैपटक ठोकिएको प्रहरीले जनाएको  छ । 

प्रहरीका अनुसार दुर्घटनामा एक जना चालक घाइते भएका छन् । साँखुस्थित पिपुल्स लाइफ केयर हस्पिटलमा उनको उपचार भइरहेको छ । तीव्र गतिका कारण टिपर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १५:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार