कर्णाली प्रदेश कांग्रेसको प्रमुख सचेतकमा विष्ट

शुक्रबार, वैशाख ८, २०८०

कर्णाली– नेपाली कांग्रेस कर्णाली प्रदेशसभाको प्रमुख सचेतकमा हिक्मत विष्ट चयन भएका छन् ।

नेपाली कांग्रेस प्रदेशसभा दलको बिहीबार बसेको बैठकले विष्टलाई दलको प्रमुख सचेतकमा चयन गरेको हो । 

प्रदेश सरकारका पूर्वमुख्यमन्त्री एवं दलका नेता जीवनबहादुर शाहीले दलको बैठकले सबैको सहमतिमा विष्टलाई प्रमुख सचेतक चयन गरेको जानकारी दिए । विष्ट कालीकोट प्रदेश २ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  २०:२८
प्रतिक्रिया दिनुहोस्