बन्दैछ रातो मछिन्द्रनाथको रथ [तस्बिर कथा]

बुधबार, वैशाख ६, २०८०

सहकालका देवता मानिने रातो मछिन्द्रनाथको जात्राका लागि रथ बनाउने तयारी सुरु गरिएको छ । ललितपुरको पुल्चोकमा रातो मछिन्द्रनाथको रथ बनाउने तयारी हुँदैछ । शुक्रबारदेखि सुरु हुने जात्रा उपत्यकाकै लामो जात्रा मानिन्छ । करिब २ महिनासम्म चल्ने यस जात्रामा बनाइने रथ ३२ फिट अग्लो तथा लामो हुने गर्छ । 

हरेक वर्ष वैशाख शुक्ल प्रतिपदामा सुरु भई असार शुक्ल चौथीसम्म हुने जात्रामा स्थानीय बाराही जातीले रथ निर्माण गर्नुपर्ने धार्मिक मान्यता छ ।

यस्तै रथ बनाउनका लागि आवश्यक सबै काठ, बेत, बाँस जुटिसकेको छ भने आवश्यक सामग्रीको निर्माण भइरहेको छ ।

मछिन्द्रनाथको जात्रा सम्पन्न गर्न धेरै समुदायको सहभागिता हुन्छ । काठ काट्ने, काठबाट आवश्यक सामग्री बनाउने र रथ बनाउने काम फरक÷फरक जातीको हुने गुठी संस्थानका प्रमुख सैलेन्द्र पौडेलले बताउँछन् ।

मछिन्द्रनाथ छ महिना बुङ्गमति र छ महिना पाटनमा राखिन्छ । वर्षेनी पाटनमा हुँदा विभिन्न जात्रा र पर्व हुनेगर्छन् भने १२ वर्षमा एक पटक बुङ्गमतिमा समेत भव्य रुपमा जात्रा मनाइन्छ । जात्रा मनाउन वर्षभर नै विभिन्न काम भइरहन्छ ।

16818960270851681897800.jpg

16818960270441681897789.jpg

16818960270241681897779.jpg

16818960269871681897769.jpg

16818960269721681897759.jpg

16818960269581681897732.jpg

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार