‘ए’ डिभिजन लिग : एपीएफलाई हराउँदै संकटाले १५ अंक जोड्यो

आइतबार, वैशाख ३, २०८०

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा संकटा क्लबले नेपाल एपीएफ क्लबलाई पराजित गरेको छ ।

आइतबार च्यासल मैदानमा भएको निकै रोमाञ्चक खेलमा ९ खेलाडीमा समेटिएको संकटाले १० खेलाडीमा समेटिएको एपीएफलाई १–० गोल अन्तरले पराजित गरेको हो ।  

संकटाको जितमा जुनियर ओन्गुइने एनकेन्गुएले निर्णायक गोल गरे । जुनियरले खेलको २९ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् । एपीएफका एडमा डोम्बियाले आयुष घलानलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि संकटाले पेनाल्टीको अवसर पाएको थियो ।

संकटाको यो चौथो जित हो । संकटाले १५ अंक जोडेको छ । एपीएफको  ११ अंक रहेको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १९:५२
प्रतिक्रिया दिनुहोस्