लघुवित्त पीडित र प्रहरीबीच इनरुवामा झडप

आइतबार, वैशाख ३, २०८०

सुनसरी –लघुवित्त संस्थाविरुद्ध आन्दोलनरत लघुवित्त पीडित र प्रहरीबीच सुनसरीको इनरुवामा झडप भएको छ । 

इनरुवामा लघुवित्त संस्थाको विरोधमा संघर्षमा उत्रिएका

लघुवित्त पीडित र प्रहरीबीच झडप भएको हो । लघुवित्त पीडितहरुले तीन घण्टा बढी समय सडक अवरोध जारी राखेपछि प्रहरीले सडक खुला गर्ने क्रममा झडप भएको हो ।

प्रहरीले यातायात सञ्चालनमा अवरोध नगरी आन्दोलन गर्न सम्झाए पनि उनीहरू नमान्दा प्रहरीले लट्ठी चार्ज गरी लखेटेर सडक

खुलाएको थियो । सडक खुला गर्ने क्रममा आन्दोलनकारी पक्षले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा थालेपछि प्रहरीले बल प्रयोग गर्दा दुवैतर्फका केही घाइते भएका छन् । आन्दोलनका कारण पूर्व—पश्चिम राजमार्ग अन्तर्गत इनरुवा बसचोक खण्डमा

दिनभर सवारी सञ्चालन भएन । आन्दोलनकारी विहानैबाट सडकमै सुतेका थिए । आन्दोलनमा सहभागी अधिकांश महिला भएकाले प्रहरी लामो समय संयमता अपनाएको थियो । आफूहरुको आन्दोलनमा प्रहरी दमन भएको भन्दै आन्दोलनकारीले आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने चेतावनी दिएका छन् ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १७:४३
प्रतिक्रिया दिनुहोस्